जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख माओवादी केन्द्रकी उम्मेदवार विजयी भएकी छन् । आइतबार भएको स्थानीय तहको उपचुनावको मत परिणामअनुसार माओवादीकी देवका लामिछाने ४ हजार दुई सय ७२ मत ल्याउँदै निर्वाचित भएकी हुन् ।
उनले कांग्रेसकी इन्द्रा चन्द सिंहलाई हराएकी हुन् । कांग्रेसकी सिंहले तीन हजार एक सय ४७ मत प्राप्त गरिन् । २०७९ मा भएको निर्वाचनमा नलगाडको उपप्रमुख नेपाली कांग्रेसले जितेको थियो । कांग्रेस-माओवादी गठबन्धनबाट उपाध्यक्ष पाएको कांग्रेसले यसपटकको चुनावमा आफ्नो विरासत जोगाउन सकेन ।
गठबन्धनको भागवण्डाअनुसार नगर प्रमुख माओवादीले पाएको थियो भने उपप्रमुख कांग्रेसको भाग परेको थियो । यसअघि कांग्रेसबाट निर्वाचित उपाध्यक्ष सरिता सिंहको १७ कात्तिक २०७९ को भूकम्पमा परी मृत्यु भएको थियो ।