गृहपृष्ठ Featured फेरि रोकियो भैरहवाबाट कतार एयरवेजको उडान

फेरि रोकियो भैरहवाबाट कतार एयरवेजको उडान

रुपन्देही ।

रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट केही सातायता नियमित उडान भर्दै आएको कतार एयरवेजको उडान स्थगित गरेको छ ।

कतार एयरवेजले गत कार्तिक २७ गतेदेखि भैरहवामा वाइडबडी विमान एयरबस ३३० मार्फत दोहा–भैरहवा–काठमाडौं–दोहा रुटमा दैनिक एक व्यावसायिक उडान गरेपछि उत्साहित भएको यो क्षेत्रलाई उसले उडान रोकेपछि फेरि निराश बनाएको छ ।

गौतमबुद्ध विमानस्थलमा मंसिर १५ गतेसम्म उडान भर्न अनुमति लिएको कतार एयरवेजले त्यसपछि समय नथपेको हो । विमानस्थलका सूचना अधिकृत विनोदकुमार रावतका अनुसार पहिला लिएको अनुमति सकिएपछि फेरि अनुमत नलिँदा आइतबारदेखि उडान रोकिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले भैरहवाबाट मंसिर १५ पछि पनि उडानका लागि प्रस्ताव पेश गर्न इमेलमार्फत पत्राचार गरिएकोमा एयरवेजले भैरहवाबाट उडानका लागि उच्चस्तरमा कुराकानी गरेर निर्णय गर्ने जवाफ पठाएको तर त्यसपछि कुनै रेस्पोन्स नगरेको बताए ।

सम्बन्धित् समाचार