गृहपृष्ठ Featured लुम्बिनी प्रादेशिक अस्पताल : एमआरआई मेसिन खरिद प्रक्रिया अल्झियो

लुम्बिनी प्रादेशिक अस्पताल : एमआरआई मेसिन खरिद प्रक्रिया अल्झियो

प्रकाशित मिति:

बुटवल ।

कपिलवस्तुको बाणगंगा नगरपालिका २  पिपराका ३६ वर्षीय साजन चौधरी सवारी दुर्घटनामा परेपछि कपिलवस्तुमै सामान्य उपचार गरेर लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थप उपचारका लागि आए । चौधरीलाई अस्पतालका न्यूरो सर्जरी विभाग प्रमुख न्यूरो सर्जन डा राजीव भण्डारीले हेरेपछि एमआरआई गर्नुपर्ने बताए ।

नसा च्यापिएको आशङ्कासहित डा. भण्डारीले कुन नसा कहाँ कसरी च्यापिएको भन्ने पत्ता लगाउन एमआरआई गर्न सुझाव दिए । लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा उपलब्ध नभएकाले चौधरी बाहिर जानुपर्ने भयो ।

बुटवलमा एमआरआई गर्ने एक निजी स्वास्थ्य संस्था छ, जहाँ तुलनात्मक रूपमा सरकारी अस्पतालमा लिइने शुल्कभन्दा बढी तिर्नुपर्छ । अन्यथा एमआरआईकै लागि भैरहवा तथा भारतको गोरखपुरसम्म पुग्नुपर्ने बाध्यता छ ।

न्यूरो सर्जन भण्डारीकाअनुसार दैनिक १० जनाभन्दा धेरै बिरामी एमआरआई गर्नुपर्ने खालका आउने गरेका छन् ।

डा.भण्डारीले  भने, ‘मुख्यतया नसाको रोगमा एमआरआई गर्नुपर्ने हुन्छ । त्यसबाहेक पनि पेटको समस्या, ब्रेन ट्युमर, मासुमा ट्युमर पलाएको अवस्थामा समेत एमआरआई प्रयोग गरिन्छ ।

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा सञ्चालन गर्नका लागि प्रदेश सरकार तथा अस्पताल प्रशासनले विगत ४ वर्षदेखि निरन्तर प्रयास गरे पनि सफलता हासिल हुन सकेको छैन ।

लुम्बिनी प्रादेशिक अस्पतालमा यो उपकरण नभएकाले यस्ता परीक्षण गर्नका लागि महँगो शुल्क तिरेर बिरामी बाहिर जानुपर्ने अवस्था छ ।

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा सञ्चालन गर्नका लागि प्रदेश सरकार तथा अस्पताल प्रशासनले विगत ४ वर्षदेखि निरन्तर प्रयास गरे पनि सफलता हासिल हुन सकेको छैन ।

सम्बन्धित् समाचार