वैखरी अनलाइन, बाणगंगा ।
१५ औँ कपिलवस्तु महोत्सवमा आज विहिबारबाट राष्ट्रीय कलाकारहरुको प्रस्तुति रहने भएको छ ।
आज महोत्सवको दोस्रो दिन बिहिबार राष्ट्रीय कलाकारहरु चोलेन्द्र पौडेल, आधुनिक गायक सञ्जीव सिंह राना , दोहोरी गायिका सपना गाहासहित स्थानिय कलाकारको बेजोड प्रस्तुती रहने सास्कृतिक संयोजक रामजि सेनले जानकारी दिए ।
त्यस्तै १३ औँ कपिलवस्तु डान्स आइडल आजबाट सुरु हुनेछ । जसमा छनोट भएका १५ जनाले आफनो प्रस्तुती राख्नेछन । मगा अडिशनबाट छनोट भएका १५ जनाको प्रस्तुती आज हुने डान्स आइडल संयोजक बिष्णु मल्लले जानकारी दिइन । महोत्सवको बुधबार भब्य रुपमा उद्यघाटन गरिएको थियो ।