गृहपृष्ठ Featured लुम्बिनीमा ‘पोषण’ सुधार्न विशेष कार्यक्रम सञ्चालन

लुम्बिनीमा ‘पोषण’ सुधार्न विशेष कार्यक्रम सञ्चालन

प्रकाशित मिति:

रुपन्देही ।

कुपोषण लयायतका स्वास्थ्य समस्या निदान गर्न लुम्बिनीमा विशेष कार्यक्रम सञ्चालन गरिएको छ ।

लुम्बिनी प्रदेश सरकारले महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषण सुधार कार्यक्रम सञ्चालन गरेको छ । स्वास्थ्य मन्त्रालयले यो कार्यक्रमलाई १२ जिल्लामा लागू गरेको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्न सरकारले उच्च प्राथमिकता दिँदै विशेष कार्यक्रम अघि बढाएको जानकारी दिए ।

दाङको भालुबाङमा आयोजित प्रदेशस्तरीय खाद्य सुरक्षा तथा बहुक्षेत्रीय पोषण विषयक अनुभव तथा सिकाई आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री आचार्यले नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्न उच्च प्राथमिकतामा राख्दै विशेष कार्यक्रम लागू गरिएको बताएका हुन् ।

सम्बन्धित् समाचार