गृहपृष्ठ Featured राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेसहितको टोली मलेसियाबाट स्वदेश फिर्ता

राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेसहितको टोली मलेसियाबाट स्वदेश फिर्ता

प्रकाशित मिति:

काठमाडौं ।

संसदीय अभ्यास सम्बन्धी अध्ययन तथा अवलोकनका लागि राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे नेतृत्वमा मलेसिया गएको १३ संसदीय संसदीय प्रतिनिधि मण्डल स्वदेश फिर्ता भएको छ ।

मलेसिया सरकारको निमन्त्रणामा वित्तीय तथा प्रशासनिक विनियोजन सम्बन्धी संसदीय अभ्यासहरूको सात दिने अध्ययन तथा अवालेकन भ्रमण सम्पन्न गरेर संसदीय प्रतिनिधि मण्डल स्वदेश फर्केको हो ।

भ्रमणका क्रममा प्रतिनिधि मण्डलका नेता राष्ट्रि«य सभाका उपाध्यक्ष घिमिरेले मलेसियाको उपल्लो सदनका सिनेटका उपाध्यक्ष दतुक नूर याजलान बिन तान सेरी मोहम्मद तथा संसदीय समितिका प्रमुखहरू लगायतसँग भेट गरेका थिए ।

भेटका अवसरमा दुवै देशका संसदको सहकार्य बढाउनका लागि संसदीय मैत्री समुह गठन गरेर अगाडी बढ्ने र मलेसियामा कार्यरत नेपाली कामदारको सुरक्षा र रोजगारी लगायतका विषयमा छलफल भएको थियो ।

सम्बन्धित् समाचार