वैखरी अनलाईन, बाणगंगाा ।
१५औं कपिलवस्तु महोत्सवको चौथो दिन अर्थात आज शनिबार पछिल्लो समय ‘मत ढलेढले’ गित गाएर चर्चित बनेकी लोकदोहोरी गायिका शान्तारानी परियार आउँदै छिन् । आज शनिबार गायिका परियारसंगै टंक तिमिल्सिना, विधान कार्की लगायतका कलाकार आउने महोत्सवका मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम संयोजक रामजी सेनले जानकारी दिए ।
शुक्रबार चर्चिक लोक तथा आधुनिक गायिका समिक्षा अधिकारी, विक्रमबाबु विक, विष्णु ठट्राई, श्याम बोहोरा लगायतका स्थानीय कलाकारहरुले प्रस्तुति राखेका थिए ।
यस्तै शुत्रबार १३औं कपिलवस्तु डान्स आईडलका १५ जना प्रतिस्पर्धीहरुले आआफ्नो प्रस्तुति राखेका थिए भने आज शनिबार ति १५ जना प्रतिस्पर्धीहरुमध्ये एक जना बाहिरिने जनाईएको छ ।
“सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ महोत्सव बाणगंगाको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा बुधारबादेखि सुरु भएको हो ।
कपिलवस्तु उद्योग बाणिज्य संघद्धारा आयोजित १५औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी महोत्सव पुष २ गतेसम्म चल्ने छ ।