गृहपृष्ठ Featured कपिलवस्तुमा बस, कार र मोटरसाइकल एकआपसमा ठोक्किदा १ जनाको मृत्यु, १३ घाइते

कपिलवस्तुमा बस, कार र मोटरसाइकल एकआपसमा ठोक्किदा १ जनाको मृत्यु, १३ घाइते

प्रकाशित मिति:

कपिलवस्तु ।

भैरहवा तौलीहवा सडक खण्डको लवनी नजिक बस, कार र मोटरसाइकल एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा १३ जना घाइते भएका छन् ।

भैरहवाबाट तौलिहवा जाँदै गरेको लु २ ख २३१ नम्बरको बस, बा १४ च ७४४८ नम्बरको कार र लु ३८ प ९१९९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् ।

कार चालकको घटना स्थलमा मृत्यु भएको छ । मृतक कार चालकको सनाखत भएको छैन । कारमा सवार बाँकी २ जना गम्भीर घाइते भएका छन् ।

बसमा सवार ४ जनाको स्थानीय अलशेख हस्पिटलमा उपचार भइरहेको छ। ६ जना घाइतेको भैरहवामा उपचार भइरहेको छ ।

मोटरसाइकलमा सवार २ जनाको भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार