गृहपृष्ठ Featured १५औं कपिलवस्तु महोत्सवमा विहिबार दुर्गेश थापा आउने

१५औं कपिलवस्तु महोत्सवमा विहिबार दुर्गेश थापा आउने

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगाा । 

१५औं कपिलवस्तु महोत्सवको नवौं दिन विहिबार चर्चित आधुनिक गायक दुर्गेश थापा आउने भएका छन् ।

विहिबार दुर्गेशसंगै स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने महोत्सवका मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम संयोजक राँमजी सेनले वैखरीलाई जानकारी दिए ।

बुधबार चर्चित लोकदोहोरी गायक खेम सेन्चुरी, अफसर अलि ब्याड, लोकदोहोरी गायक समिक्षा गैहे लगायतका कलाकारहरुले प्रस्तुति राखेका थिए ।

यसैबीच बुधबार १३औं कपिलवस्तु डान्स आईडलतर्फका १० जना प्रतिस्पर्धीहरुले प्रस्तुति राखेको डान्स आईडल संयोजक विष्णु मल्लले जानकारी दिईन् । तिमध्ये अर्नप परियार बाहिरिएको उनले जानकारी दिईन् ।

उनका अनुसार बुधबार बेस्ट डान्सर अफ दि डे को उपाधि प्रिन्सा हमालले प्राप्त गरिन् ।

विहिबार टप ९ जना प्रतिस्पर्धीहरुले आआफ्नो प्रस्तुति राख्ने जानकारी दिदैं संयोजक मल्लले तिमध्ये एक जना बाहिरिने बताईन् ।

“सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ महोत्सव बाणगंगाको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा बुधारबादेखि सुरु भएको हो ।

कपिलवस्तु उद्योग बाणिज्य संघद्धारा आयोजित १५औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी महोत्सव पुष २ गतेसम्म चल्ने छ ।

सम्बन्धित् समाचार