गृहपृष्ठ Featured आज कपिलवस्तु महोत्सवमा गायक प्रमोद खरेल आउँदैं

आज कपिलवस्तु महोत्सवमा गायक प्रमोद खरेल आउँदैं

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगाा । 

१५औं कपिलवस्तु महोत्सवको दशौ दिन आज शुक्रबार चर्चित आधुनिक गायक प्रमोद खरेल आउदैं छन् । आज प्रमोदसंगै लोक दोहोरी गायिका बिष्णु श्रीपाली, हास्य कलाकार माइला बा लगायतका स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने महोत्सवका मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम संयोजक राँमजी सेनले वैखरीलाई जानकारी दिए ।

विहिबार चर्चित गायक दुर्गेश थापा, गायिक सम्झना रणपाल लगायतका कलाकारहरुले प्रस्तुति राखेका थिए ।

यसैबीच विहिबार १३औं कपिलवस्तु डान्स आईडलतर्फका ९ जना प्रतिस्पर्धीहरुले प्रस्तुति राखेको डान्स आईडल संयोजक विष्णु मल्लले जानकारी दिईन् । तिमध्ये अस्था थारु बाहिरिएको उनले जानकारी दिईन् । आज शुक्रबार टप ८ प्रतिस्पर्धीहरुले आआफ्नो प्रस्तुति राख्ने छन् ।

“सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ महोत्सव बाणगंगाको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा बुधारबादेखि सुरु भएको हो ।

कपिलवस्तु उद्योग बाणिज्य संघद्धारा आयोजित १५औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी महोत्सव पुष २ गतेसम्म चल्ने छ ।

सम्बन्धित् समाचार