काठमाडौं ।
नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला एक हजार २०० र चाँदी प्रतितोला ६५ रुपैयाँ घटेको हो ।
बिहीबार सुन प्रतितोला एक लाख ५४ हजार २०० मा कारोबार भएकामा आज प्रतितोला एक लाख ५३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यसैगरी चाँदी बिहीबार प्रतितोला एक हजार ९२५ मा कारोबार भएकामा आज एक हजार ८६० रुपैयाँमा किनबेच हुने महासङ्घले जनाएको छ ।