वैखरी अनलाईन, बुद्धभूमि।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ९ स्थित माबि ईमिलियाले लगातार तेस्रो पटक राष्ट्रपति रनिङ शील्डको उपाधि जितेको छ । बुद्धभूमि नगरपलिकाद्धारा बुड्ढीमा आयोजित प्रतियोगितामा माबि ईमिलियोको यो लगातार तेस्रो पटक जित हो । ईमिलिया माविले १३ स्वर्ण, ७ रजत र ७ कास्यसहित २७ पदक जितेको हो ।
जितसंगै ईमिलिया माबिले शील्ड र नगद १५ हजार समेत प्राप्त गरेको छ । कपिलवस्तु माबि राष्ट्रिय माबि चेत्रादेईले १० स्वर्ण, एक रजत र ३ कास्य सहित जम्मा १४ पदक जित्दै दोश्रो भएको छ । चेत्रादेईले नगद १० हजार प्राप्त गर्यो । जनकल्याण माबि बकुलीपुरले ६ स्वर्ण, १३ रजत र ४ कास्य सहीत कुल २३ पदक जित्दै तेश्रो भयो । उसले ७ हजार नगद प्राप्त गरेको छ ।
यस्तै वडा नम्बर ९ ले मेयर कप जित्दै १५ हजार नगद प्राप्त गरेको छ । वडा नम्बर २ र ४ द्धितीय हुदै १० हजार, वडा नम्बर १ र ५ तेश्रो हुदै ७ हजार प्राप्त गरेको छ । बिजयी खेलाडीलाई शील्ड, प्रमाण पत्र बितरण गर्दै मेयर केशव कुमार श्रेष्ठले नगरपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । उनले खेल र खेलाडीको विकास लागि प्रदेश र संघीय सरकारले विशेष ध्यान दिनुपर्ने बताए । बुड्ढीमा राम्रो खेलमैदान निर्माणका लागि आफुले सक्दो कोसिस गर्ने बताए ।
कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष तेज बहादुर बस्नेत, वडा नम्बर २ का अध्यक्ष सुरज प्रताप राना, ४ का अध्यक्ष सुशील कुमार चौधरी, वडा नम्बर ९ का अध्यक्ष प्रमोद आचार्य लागयतले खेलाडीहरुलाई मेडल र प्रमाण पत्र बितरण गरेका थिए ।
प्रतियोगीतामा भलिबल, कबड्डी, एथलेटिक्स, उसु लगायतका खेल समाबेश गरिएको थियो । कार्यक्रम मेयर श्रेष्ठको अध्यक्षता र नगरपालिका शिक्षा तथा खेलकुद शाखाका प्रमुख कृष्ण प्रसाद भट्टराईको संचालनमा भएको थियो । प्रतियोगीता मंसिर २५ देखि २९ सम्म चलेको हो ।








