गृहपृष्ठ Featured भूमिमन्त्री अधिकारी ४ घण्टा कुराएर अर्को ढोकाबाट निस्किएपछि…

भूमिमन्त्री अधिकारी ४ घण्टा कुराएर अर्को ढोकाबाट निस्किएपछि…

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको कार्यशैलीप्रति नेकपा एमालेको कपिलवस्तु-काठमाडौं सम्पर्क मञ्चले असन्तुष्टि जनाएको छ ।

यही १ पुसमा आफूहरू भेट्न जाँदा मन्त्री अधिकारीले ४ घण्टा कुराएर पनि बेवास्ता गरेको सम्पर्क मञ्चका अध्यक्ष सुनिल भट्टराईले उल्लेख गरेका छन् । उनले मन्त्री अधिकारी र उनको सचिवालयप्रति खेद प्रकट गरेका छन् ।

‘हामी मन्त्रालय पुगेर ४ घण्टासम्म प्रतीक्षा गर्दा पनि बेवास्ता गरियो । तथापि माननीय मन्त्रीज्यूको व्यवहार र उहाँको सचिवालयद्वारा भएको व्यवहार प्रति सम्पर्क मञ्च दुःख र खेद प्रकट गर्दछ,’ भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रीज्यूको कार्यकक्षसम्म पुग्दा पनि भेट्ने अवसर दिइएन र अर्को ढोका प्रयोग गरी बाहिरिनुभयो ।’

सम्बन्धित् समाचार