रुपन्देही ।
दातृ निकायले दिएर ५ वर्षदेखि बुद्ध जन्मस्थल लुम्बिनीमा अलपत्र विद्युतीय बस प्रधानमन्त्री केपी ओलीको निर्देशन पछि आजदेखि आंशिक सञ्चालनमा आउने भएका छन् ।
अत्याधुनिक बस वर्षौँदेखि खुला आकाशमा अलपत्र छाडेको भन्दै आलोचना हुँदै आएको थियो। लुम्बिनी प्रदेश सरकारले दुई वर्षअघि यसलाई सञ्चालनको निर्णय गरे पनि यातायात व्यवस्था कार्यालयले सेतो नम्बर प्लेटमा रहेका यी गाडी सञ्चालनको कुनै कार्यविधि नभएको भन्दै रोकेको थियो । तत्कालीन मुख्यमन्त्री लीला गिरीले अन्तिम समयमा यो निर्णय गरे पनि त्यो कार्यान्वयनमा आउन सकेन ।
अहिले लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारकाल लामाले आजदेखि आंशिक रूपमा विद्युतीय बस सञ्चालन गर्न लागेको जानकारी दिएका हुन्।








