गृहपृष्ठ Featured असहाय परिवारलाई जाडो कटाउन बन्दोबस्तीका सामग्री हस्तान्तरण

असहाय परिवारलाई जाडो कटाउन बन्दोबस्तीका सामग्री हस्तान्तरण

बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. २ मा रहेको वडा स्तरीय युवा क्लबले २ असहाय परिवारलाई जाडो कटाउनका लागि आवश्यक बन्दोबस्तीका सामग्री हस्तान्तरण गरेको छ । गब्दैया निवासी शालिकराम सोमै मगर र बैजलपुर निवासी महुरी थारुको परिवारलाई ब्लाङ्केट, डसना र खाद्यान्न लगायतका सामग्रीहरु हस्तान्तरण गरिएको क्लबका अध्यक्ष बिमल घिमिरेले जानकारी दिए ।

जाडोमा ओढ्ने बिछ्याउने लत्ताकपडा र खाद्यान्न सामग्री बितरण गरिएको उनले बताए । बिगत ४ वर्षदेखि सुगर रोगले ग्रसित भइ उपचारको क्रममा एउटा खुट्टा गुमाएका सोमै महेन्द्र राजमार्ग स्थित लखनचोकको प्रतीक्षालयमा सामान्य पसल संचालन गर्दै आएका छन् ।

बैजलपुर निवासी थारु लामो समयदेखि खुट्टाको समस्याले ग्रसित छन् । आफू रोगले ग्रसित भएको र आम्दानीको कुनै स्रोत नहुँदा आफुलाई दैनिकी चलाउन निकै कठिन भएको उनले बताए ।

यसरी रोगसँग लड्दै दैनिकी चलाईरहेको यी दुई परिवारलाई केही राहतहोस् भन्ने उद्देश्यले सहयोग गरेको क्लबका अध्यक्ष घिमिरेको भनाई छ ।

सम्बन्धित् समाचार