भैरहवा ।
मोटरसाइकल चोरीको अभियोगमा रूपन्देही प्रहरीले ६ जना युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रूपन्देहीको सियारी गाउँपालिका–२ निवासी २६ वर्षीय शिव जयसवाल, १९ वर्षीय गणेश राजभर, २० वर्षीय शनि भर, २४ वर्षीय शिवकुमार मल्लाह र २४ वर्षीय अनिल यादव छन् । यसै गरी, पाल्पाको माथागढी गाउँपालिका–७ घर भई हाल बुटवल उपमहानगरपालिका–१३ बस्ने २४ वर्षीय अर्जुन परियार पनि पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका डीएसपी तथा प्रवक्ता सुरज कार्कीले मोटरसाइकल चोरी गरेको प्रमाणसहित उनीहरुलाई पक्राउ गरी अदालतद्वारा कारबाही अघि बढाइएको बताए ।








