गृहपृष्ठ कपिलवस्तु बिशेष बाणगंगामा जिपको ठक्करबाट स्कुल जादैं गरेकी ३ बर्षीया बालिकाको मृत्यु

बाणगंगामा जिपको ठक्करबाट स्कुल जादैं गरेकी ३ बर्षीया बालिकाको मृत्यु

कपिलवस्तु ।

जिल्लाको बाणगंगा नगरपालिका- ८ चप्परगाउँमा जिपको ठक्करबाट घाईते भएकी ३ बर्षीया बालिकाको मृत्यु भएको छ ।
गम्भिर घाईते भएकी ३ बर्षीया अप्सना भुसालको उपचारको क्रममा मृत्यु भएको हो ।

पश्चिमबाट पुर्वतर्फ जादै गरेको लु ३ च ३३९५ नम्बरको डबल क्याप जिपले ठक्करबाट भुसालका आमा र छोरी घाइते भएका थिए । सामान्य घाइते रहेकी मृतककी आमा रिता भुसाललाई उपचारपछि घर रिफर गरिएको थियो ।
सोमबार बिहान करिब १० बजे आमासंगै विद्यालय जाने क्रममा आमा र छोरीलाई उक्त गाडिले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

गाडि चालक र गाडी नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ।

सम्बन्धित् समाचार