रुपन्देही ।
सिद्धबाबा सुरुङमार्गका तीनवटै बाइपास ‘ब्रेक थ्रु’ भएका छन् । पहिलो र तेस्रो बाइपास यसअघि नै छिचोलिएकोमा दोस्रो आइतबार छिचोलिएको हो ।
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पाको संगमस्थल सिद्धबाबा मन्दिर नजिकै निर्माणाधीन सुरुङमार्गको १५१ मिटर लम्बाइ रहेको पहिलो बाइपास गएको असोज ४ गते छिचोलिएको थियो ।
त्यस्तै, १३० मिटरको तेस्रो बाइपास गएको असोज २६ गते ब्रेक थ्रू भएको थियो भने १६१ मिटरको दोस्रो बाइपास आइतबार छिचोलिएको सिद्धबाबा सुरूङमार्ग योजनाले जनाएको छ ।
मूल टनेल पनि अब छिट्टै ब्रेक थ्रू गर्ने आयोजनाले जानकारी दिएको छ । १ हजार १२६ मिटर लामो सुरुङमार्गको ब्रेक थ्रू गर्ने तयारी अन्तिम चरणमा पुगेको आयोजना प्रमुख कृष्णराज अधिकारीले जानकारी दिए ।








