गृहपृष्ठ Featured टर्कीको हतियार कारखानामा भएको विस्फोटमा १३ जनाको मृत्यु

टर्कीको हतियार कारखानामा भएको विस्फोटमा १३ जनाको मृत्यु

काठमाडौं ।

टर्कीको उत्तरपश्चिमी बालिकेसिर प्रान्तको कारेसी जिल्लामा रहेको एउटा हतियार कारखानामा मंगलबार भएको विस्फोटमा १३ जनाको मृत्यु भएको छ । अन्य चारजना घाइते भएका छन् ।

टर्कीका आन्तरिकमन्त्री अली येर्लिकायाले आपत्कालीन प्रतिक्रिया टोलीहरूले स्थिति व्यवस्थापन गर्न र घाइतेहरूलाई चिकित्सा सहायता उपलब्ध गराउन काम गरिरहेको बताए । सन् २०१४ मा सञ्चालनमा आएको उक्त कारखानाले हलुका हतियारका लागि गोलाबारी उत्पादन गरिरहेको बताइएको छ ।

अधिकारीहरूले विस्फोटको कारणबारे पूर्ण अनुसन्धान सुरु गरेका छन् ।

–सिन्ह्वा/न्युज एजेन्सी नेपाल

सम्बन्धित् समाचार