गृहपृष्ठ Featured कपिलवस्तुको बाणगंगामा मालपोत तथा नापी कार्यलय राख्ने मन्त्री परिषदको निर्णय

कपिलवस्तुको बाणगंगामा मालपोत तथा नापी कार्यलय राख्ने मन्त्री परिषदको निर्णय

वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा मालपोत तथा नापी एकिकृत सेवा कार्यालयको स्थापना हुने भएको छ ।

 

नेपाल सरकारको मन्त्री परिषदको बैठकले कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा मालपोत तथा नापी एकिकृत सेवा कार्यालयको स्थापना गर्ने निर्णय गरेको छ ।

यहाँस्थित भूमिसुधार तथा मालपोत र नापी कार्यालय उत्तरी भेगका सेवाग्राहीका निम्ति अपायक भएकाले सरकारले बाणगंगा नगरपालिकामा मालपोत र नापी कार्यालय स्थापनाको निर्णय गरेको हो ।

 

जसका कारण अव सेवा ग्राहीलाई तौलीहवा जान पर्ने बाध्यता टरेको छ । जसका कारण बाणगंगामा रोजगारी सृजनासगै नगरभित्रका ब्यवसायहरु थप चलायमान हुने बताइएको छ ।

 

यद्यपि बाणगंगा नगरपालिकाको कुन वडामा कार्यालय स्थापना गर्ने भन्ने निर्णय नभएको र उपयुक्त स्थानमा कार्यालय रहने पत्रकार भेषराज पाण्डेले वैखरी अनलाइनलाई जानकारी दिए ।

सम्बन्धित् समाचार