गृहपृष्ठ Featured नागरिक र प्रहरीबीच अन्तरक्रिया

नागरिक र प्रहरीबीच अन्तरक्रिया

सुर्य गुरुङ
चन्द्रौटा ।

ईलाका प्रहरी कार्यलय सुन्दरीडाडाका प्रहरी र स्थानीय नागरिक बिच छलफल तथा अन्तरक्रिया गरिएको छ । बुधबार ईलाका प्रहरी कार्यलय सुन्दरीडाडाको आयोजनामा प्रकाश मा.बि. सुन्दरीडाडाको मैदानमा स्थानीय नागरिक र प्रहरी बीच शान्ति सुरक्षा लगायतका बिषयमा छलफल तथा अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा सहभागीले शिवराज- ९ को शान्ति सुरक्षामा प्रहरीले खेलेको भूमिकाको प्रसंशा गरेका थिए । युवा पुस्तालाई कुलत तर्फ लाग्न नदिन प्रहरीले प्रमुख भुमिका खेल्दै आए पनि त्यो प्रयाप्त नभएको कारण स्थानीय र प्रहरी बिच सहकार्य गरी अझै प्रभावकारी रुपमा नियन्त्रण कार्यलाई जोड दिनुपर्ने सहभागीहरुले बताएका थिए ।

शान्ति सुरक्षाको ख्याल राखी बढी आवतजावत हुने सुराही खोलाको दुई पुलमा प्रहरी बिट निर्माण गर्न सके शान्ति सुरक्षाको हिसाबले अझ राम्रो हुनेमा सहभागीको जोड थियोे । त्यस्तै चाड्वाड लगायत विभिन्न अवसरमा प्रयोग हुने ठुलो आवाज समेत नियन्त्रण गर्नु पर्ने नागरिकको गुनासो थियोे ।

ईलाका प्रहरी कार्यलय सुन्दरीडाडाले ०८०र०८१ मा उजुरी परेका विभिन्न २० मुद्दाको छिनोफानो गरेकोछ । ईलाका प्रहरी कार्यलय सुन्दरीडाडाले लागु औषध,लैगिक हिंसा,बालबिवाह,घरेलु हिंसा,बाल अधिकार लगायतका शिर्षकमा ३१ वटा जनचेतनामुलक कार्यक्रम समेत गरेको छ जसबाट स्थानीय १२३९ जना लाभान्वित भएको कार्यलयका प्रमुख प्रहरी निरीक्षक जङ्ग बहादुर शाहले जानकारी दिनुभयो ।
कार्यक्रममा उठेको प्रश्नको ईलाका प्रहरी कार्यलय सुन्दरीडाडाका प्रहरी निरीक्षक जङ्ग बहादुर शाह र वडा अध्यक्ष रामगोपाल चौधरीले सम्बन्धित प्रश्नको जवाफ दिएका थिए ।

प्रहरी निरीक्षक जङ्ग बहादुर शाहको अध्यक्षता वडा अध्यक्ष रामगोपाल चौधरी प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि ,विभिन्न सहकारी विद्यालयका प्र अ विभिन्न बनका प्रतिनिधिहरु सहभागी भएका थिए ।

सम्बन्धित् समाचार