गृहपृष्ठ Featured कपिलवस्तुमा सवारी दुर्घटनामा परि एक स्वास्थ्यकर्मीको मृत्यु

कपिलवस्तुमा सवारी दुर्घटनामा परि एक स्वास्थ्यकर्मीको मृत्यु

वैखरी अनलाइन, बाणगंगा ।

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

 

बाणगंगा नगरपालिका वडा नम्बर १० मझौवामा स्थित भित्रि सडकमा दुर्घटना हुँदा कपिलवस्तु जिल्लाको शुद्धोधन गाउपालिका वडा नम्बर ४ बस्ने   ३२ बर्षीय अक्रम हुसेनको मृत्यु भएको हो । पिपराबाट पकडी जाने क्रममा सवार मोटरसाइकल कुकुरसंग ठोक्किएको थियो ।

उनलाइ थप उपचारका लागी बुटवल लैजाने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हुसेन शुद्धोधन गाउपालिका वडा नः १ मा रहेको पतरीया स्वास्थ्य चौकीमा कार्यरत थिए ।

सम्बन्धित् समाचार