गृहपृष्ठ Featured रूपन्देहीमा १४ वर्षीया बालिका बलात्कारकाे आराेपमा युवक पक्राउ

रूपन्देहीमा १४ वर्षीया बालिका बलात्कारकाे आराेपमा युवक पक्राउ

रूपन्देही ।

रुपन्देहीमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका- ३ सरौली बस्ने २५ वर्षीय सागर थापा छन् । उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

सागरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित् समाचार