वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाले आन्द्राको क्यान्सर बिरामीलाई निशुल्क “कोलोस्टोमी ब्याग” बितरण गरेको छ ।
नेपालका ७५३ पालिका मध्ये बाणगंगाले पहिलो पटक आन्द्राको क्यान्सर बिरामीलाई निशुल्क “कोलोस्टोमी ब्याग” बितरण गरेको हो ।
बाणगंगा नगरपालिकामा विहिबार आज भएको एक कार्यक्रमकाबिच प्राकृतिक रुपमा दिशा गर्न नसक्ने आन्द्राको क्यान्सर बिरामीलाई करिव एक बर्षसम्म पुग्ने गरी निशुल्क रुपमा “कोलोस्टोमी ब्याग” बितरण गरिएको हो ।
कोलोस्टोमी ब्याग पाएपछि बाणगंगाका क्यान्सर बिरामी कृष्ण प्युठानीले नगरपालिकाले हाम्रो समस्यालाई मध्यनजर गरेर आर्थिक रुपमा क्यान्सर बिरामी लाई निशुल्क कोलोस्टोमी ब्याग प्रदान गरेकोमा नगर प्रमुख चक्रपाणी अर्यालसहितको टिमलाई धन्यवाद समेत दिएका थिए ।
नगरभित्रका रहेका यस प्रकारका बिरामीलाई उपचारमा सहयोेग पुगोस भन्दैँ नगरपालिकाले ८ लाख बढिको सहयोग गरेको हो । यसका साथै स्पाइनल इन्जरीका बिरामीलाई समेत सर्जीकल सामाग्री उप्लब्ध गराइने बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिए ।
सो अवसरमा बोल्दै नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालले नगरभित्रका आन्द्राको क्यान्सर भएका बिरामीलाई उपचारमा समस्या नहोस भन्नका लागी बजेट बिनियोजन गरी कार्य सम्पादन गरिएको बताउदैँ नगरभित्रका रहेको जटिल रोगका बिरामीलाई पनि राहात पुग्ने गरी थप रणनिति बनाउने योजनामा नगर रहेको बताए ।








