गृहपृष्ठ Featured लुम्बिनीको अध्यात्मिकता उजागर गर्दै बौद्ध संचार यात्रा

लुम्बिनीको अध्यात्मिकता उजागर गर्दै बौद्ध संचार यात्रा

लुम्बिनी ।

लुम्बिनीको अध्यात्मिकता उजागर गर्दै पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले भैरहवादेखि लुम्बिनीसम्म २४ किमि बौद्ध सञ्चार यात्रा गरिएको छ । सञ्चारकर्मीको साझा संस्था लुम्बिनी प्रेस क्लबले आफ्नो ११ औं स्थापना दिवसका अवसरमा बिहीबार पैदल सञ्चार यात्रा गरेको हो ।

सञ्चार यात्राले लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश दिंदै शान्तिका अनुयायीलाई लुम्बिनी आएर पदयात्रा गर्न उत्प्रेरित गर्ने उद्देश्यले बौद्ध सञ्चार यात्रा गरिएको क्लबका अध्यक्ष कमल रायमाझीले बताए ।

भैरहवास्थित लुम्बिनी गेटबाट सुरु भएको पैदल यात्रा बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर पुगेको थियो । ५० जना सञ्चारकर्मीसहित प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मी, उद्योगी, व्यवसायी, पर्यटन उद्यमी, भिक्षु, लामा, नागरिक अगुवा र अधिकारकर्मी गरी एक सय जनाले पैदल यात्रा गर्दै लुम्बिनी पुगेका थिए ।

पत्रकारहरू सधैं कापी–कलम र क्यामेरा बोकेर सूचना लिन जानेमात्र नभई लुम्बिनीबाट आध्यात्मिक ऊर्जा प्रदान गरेर थलिएको पर्यटकीय क्षेत्र उकास्न यात्रा गरेको क्लबका महासचिव प्रकाश न्यौपानेले बताए ।

सम्बन्धित् समाचार