गृहपृष्ठ Featured गुल्मीका शिक्षक विष्णु : एकै वर्ष १७ लाख बढीको सुन्तला उत्पादन

गुल्मीका शिक्षक विष्णु : एकै वर्ष १७ लाख बढीको सुन्तला उत्पादन

गुल्मी ।

धुर्काेट गाउँपालिका–२ पिपलधारा कटौजेका विष्णु खनाल पेसाले शिक्षक हुन् । ३५ वर्षदेखि शिक्षण पेसामा रहेका खनाल गाउँकै गणेश माध्यामिक विद्यालयमा पढाउँछन् ।

अध्यापनका अलावा खनालले आफ्नो समय कृषि कर्ममा बिताउने गरेका छन् । उनी कृषिमा लागेको पनि ३५ वर्षभन्दा बढी नै भयो । उनको सुन्तला बगैंचा छ । अध्यापनबाहेकको समय उनी त्यहीँ बिताउँछन् ।

कटौजे सुन्तला उत्पादनका लागि उपयुक्त ठाउँ हो । त्यसैले खनालको बगैंचामा पनि राम्रो उत्पादन हुने गरेको छ । खनालले यसपटक मात्रै १७ लाख बढी (२७ टन)को सुन्तला उत्पादन भएको बताए ।

खनालले २९ रोपनी जग्गामा सुन्तला लगाएका छन् । अहिले एक हजार १०० बोटले उत्पादन दिइरहेका छन् । त्यसमध्ये ५०० कलमी र ६०० बिजु बोट छन् ।

सुन्तला गुल्मीसहित अर्घाखाँची, कपिलवस्तु, बुटवल, नारायणघाट हुँदै काठमाडौंसम्म बिक्री हुने गरेको छ । यसपटक उत्पादन र भाउ दुवै राम्रो भएको खनालले बताए । घरबाटै होलसेल ६० रुपैयाँ प्रतिकिलोमा सुन्तला बिक्री गरेको खनालले बताए ।

सम्बन्धित् समाचार