गृहपृष्ठ Featured नारायणगढ–बुटवल खण्ड : सडकको प्रगति ५३ प्रतिशत कट्न सकेन्

नारायणगढ–बुटवल खण्ड : सडकको प्रगति ५३ प्रतिशत कट्न सकेन्

काठमाडौँ ।

यति बेला कतै मुख्य राजमार्ग विस्तार त कतै स्तरोन्नति थालिएको छ । सबैभन्दा बढी सवारी चाप हुने राजमार्गहरूमा ट्राफिक व्यवस्थापनमा समस्या भएपछि एकपछि अर्को गर्दै स्तरोन्नतिको काम अघि बढाइएको हो ।

तर जहाँ ठेक्का भएर काम थालिएको छ, ती खण्डको प्रगति सन्तोषजनक देखिँदैन । पटक–पटक म्याद थप्दा पनि कामले गति लिन सकेको छैन ।

सबैभन्दा बढी समस्या अहिले नारायणगढ–बुटवल खण्डमा छ । २०७५ चैत ८ मा विस्तार थालिएको यस सडकको प्रगति ५३ प्रतिशत कट्न सकेको छैन । दसैंपछि निर्माण व्यवसायीले लामो समय काम गरेनन् । पैसाको समस्या देखाउँदै काम टारिरहे ।

अहिले काम थालेको १५ दिन भएको आयोजना निर्देशनालय (एडीबी) का आयोजना प्रमुख चूडाराज ढकालले बताए । काम भएअनुसार भुक्तानी दिइसकिएको छ । यसको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको हो । ‘लामो समय रोकिएको काम सुरु भएको छ,’ उनले भने, ‘ठेक्का रकमले नपुगेपछि आफ्नो मुख्य कार्यालयबाट पैसा ल्याएर काम गर्दा केही ढिलाइ भएको हो ।’

सुरु ठेक्काअनुसार २०७९ साउन २२ भित्र यसको काम सकिसक्नुपर्ने थियो । उक्त समयभित्र काम नसकिएपछि दोस्रो पटक २०८१ साउन ८ सम्मका लागि म्याद थपियो । यस अवधिमा पनि काम नसकिएपछि तेस्रो पटक २०८२ साउन ८ सम्म म्याद थप भएको छ । फेरि निर्माण कम्पनीले २०८३ पुस १६ सम्म म्याद थप मागेको छ ।

सम्बन्धित् समाचार