गृहपृष्ठ Featured रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र ९ वर्षदेखि अलपत्र

रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र ९ वर्षदेखि अलपत्र

रुपन्देही ।

सरकारले २०७२ चैत १ देखि सातै प्रदेशमा औद्योगिक क्षेत्र निर्माणको घोषणाअनुसार २०७७ सालमा मोतीपुर औद्योगिक क्षेत्रको निर्माण सुरु गरिएपनि अहिलेसम्म कुनै काम अघि बढेको छैन उल्टै विवादको विषय बनेर पहिलेको क्षेत्र घटाएरै सुरुवात गर्ने अन्तिम तयारी गरिएको छ ।

सरकारले नौ वर्षअघि घोषणा गरेर ५ वर्षअघि शिलान्यास भएको क्षेत्र नै अहिले झाडीमा खोज्नुपर्ने अवस्थामा पुगेको छ । औद्योगिक क्षेत्रका लागि छुट्टाइएको यहाँको जग्गा व्यवस्थापन गर्न नसक्दा सरकारकै घोषणा लामो समयसम्म अलपत्र परेको हो ।

स्थानीयसँग छलफल र सहमति नगरी बस्तीसमेतको जग्गा एकमुष्ठ रुपमा औद्योगिक क्षेत्रका नाममा बनाएर यहाँको बस्ती उठाउन थालेपछि बढेको विवाद अझै सकिएको छैन । संयोगले यो औद्योगिक क्षेत्र शिलन्यासको समयमा अर्थमन्त्री रहेका विष्णु पौडेल अहिले पनि अर्थमन्त्री छन् ।

उनकै निर्वाचन क्षेत्र भएकाले पनि यहाँ जसरी पनि यसलाई सुरुवात गर्नका लागि उनी लागिरहेका छन् । अहिले स्थानीयसँग विवाद नभएको क्षेत्र छुट्टाएर तत्काल काम अघि बढाउनेगरी सम्बन्धित निकायले काम अघि बढाइसकेको छ ।

तत्कालीन अर्थमन्त्री विष्णु पौडेल र उद्योगमन्त्री लेखराज भट्टले २०७७ फागुन २१ मा स्थानीयको विवादका कारण सुरक्षा घेराभित्र शिलान्यास गरेपनि तत्कालै स्थानीयले प्रतिरोध गरेर काम रोकेका थिए । तर त्यो विवाद अहिलेसम्म पूर्ण समाधान भएको छैन ।

सम्बन्धित् समाचार