गृहपृष्ठ Featured बुटवलको ट्रायल सेन्टरको पूर्वाधार निजी कम्पनीलाई निःशुल्क जिम्मा दिएको खुलासा

बुटवलको ट्रायल सेन्टरको पूर्वाधार निजी कम्पनीलाई निःशुल्क जिम्मा दिएको खुलासा

बुटवल ।

लुम्बिनी प्रदेश सरकारले रुपन्देहीको बुटवलका ट्रायल सेन्टर सन्चालकलाई सरकारी पूर्वाधार पाँच वर्षसम्म निःशुल्क प्रयोग गर्न दिएको पाइएको छ ।

तीन वर्ष अघि सवारी चालक अनुमति पत्र (लाइन्सेन्स)का लागि प्रयोगात्मक परीक्षा लिने स्थान (ट्रायल सेन्टर) सञ्चालन गर्न एन. बी.कन्स्ट्रक्सन नामको निजी कम्पनीलाई सरकारी पूर्वाधार निःशुल्क दिएको पाइएको हो । त्यतिबेला मुख्यमन्त्री माओवादी केन्द्रका कुलप्रसाद केसी र विभागीय मन्त्री जसपाकी पुरमति ढेंगा थिइन् ।

ट्रायल सेन्टर सञ्चालनका लागि यातायात व्यवस्था कार्यालय र एन. बी.कन्स्ट्रक्सन बुटवल रुपन्देहीबीच २०७८ माघ १७ गते सरकारी पूर्वाधार प्रयोगसम्बन्धी सम्झौता भएको थियो । एन.बी. कन्स्ट्रक्सनका सन्चालक नारायण भुसाल नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका पूर्वसल्लाहकार हुन् । त्यसअघि उनी माओवादी केन्द्रमा थिए ।

राज्यलाई कुनै आम्दानी नहुने गरी करिब दुई बिघा जग्गामा बनेको सरकारी पूर्वाधार निजी कम्पनीलाई प्रयोग गर्न दिइएको थाहा पाएपछि बहालवाला विभागीय मन्त्री प्रचण्डविक्रम न्यौपानेले परिमार्जनका लागि कानुनी अध्ययन थालेको बताएका छन् । उद्योग, पर्यटन तथा यातायात मन्त्री न्यौपानेले भने, ‘सरकारी पूर्वाधार कुनै निजी कम्पनीलाई पाँच–पाँच वर्षसम्म निःशुल्क प्रयोग गर्न दिइनु दुःखद छ । त्यो कसरी दिइयो, किन दिइयो, कुन नियम कानुनमा टेकेर दिइयो भनेर अध्ययन गर्दैछु ।’

मन्त्रालयको निर्णय कार्यान्वयनमा अटेर

सम्बन्धित् समाचार