गृहपृष्ठ Featured अमेरिकामा आपत्काल घोषणा गर्न बाध्य पार्ने हिमपात

अमेरिकामा आपत्काल घोषणा गर्न बाध्य पार्ने हिमपात

३० भन्दा बढी राज्यहरूमा ६० करोडभन्दा बढी अमेरिकीहरू ठुलो हिउँदे आँधीको चपेटामा छन् जसले एक दशकै सबैभन्दा ठुलो हिमपात र चिसो तापक्रम ल्याउन सक्ने बताइएको छ ।

चरम मौसमी अवस्थाहरूको साथमा एक ध्रुवीय भोर्टेक्सले चिसो मौसमलाई आर्कटिकबाट मध्य अमेरिकासम्म ल्याएको हो।

केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, अर्कान्सास र न्यु जर्सीका केही भागमा पनि आपत्काल घोषणा गरिएको छ। आँधीका कारण हजारौँ उडानहरू ढिलो वा रद्द भएका छन्, धेरै सडकहरू काटिएका छन् र विद्यालयहरू बन्द छन्

हिमपातले कन्सास र मिसौरीमा ह्वाइटआउट अवस्था ल्याउने अपेक्षा गरिएको छ, जहाँ आपत्कालीन अवस्था घोषणा गरिएको छ । हेरौँ केही तस्बिर :

सम्बन्धित् समाचार