गृहपृष्ठ Featured लुम्बिनी प्रदेश : स्वास्थ्य मन्त्रालय मातहत रहेका सवारीसाधनमाथि ‘डिजिटल निगरानी’

लुम्बिनी प्रदेश : स्वास्थ्य मन्त्रालय मातहत रहेका सवारीसाधनमाथि ‘डिजिटल निगरानी’

प्रकाशित मिति:

रुपन्देही ।

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय मातहत रहेका कार्यालय, अस्पताल तथा स्वास्थ्य संस्थाका सरकारी सवारी साधनको डिजिटल निगरानी गरिने भएको छ । चारपांग्रे सरकारी सवारीसाधनमा जीपीएस जडान गरेर निगरानी गरिने भएको हो ।

सवारीसाधनको विद्युतीय निगरानी गर्ने उद्देश्यले अनिवार्य रुपमा सवारीसाधनमा जीपीएस जडान गर्ने निर्णय गरिएको र कार्यान्वयनमा ल्याउन मातहतका निकायमा परिपत्र गरिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्यमन्त्री खेमबहादुर सारुले वर्तमान लुम्बिनी प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयसमेतको नीति, सुशासन, भ्रष्टाचार न्यूनीकरण, नागरिकप्रति जवाफदेहिताको प्रमुख जिम्मेवारी र दायित्व, नेतृत्वदायी भूमिकामा रहेका जनप्रतिनिधि र कार्यालय प्रमुखहरुबाट हुनुपर्छ भन्ने धारणाअनुरुप जीपीएस जडानको व्यवस्था गरिएको बताए ।

सम्बन्धित् समाचार