भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यूएईको फ्लाई दुबईले २९ पुसदेखि पुनः उडान थाल्ने भएको छ ।
विमानस्थल महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार १५ डिसेम्बरदेखि फ्लाई दुबईले यहाँ उडान रोकेको थियो । बाक्लो हुस्सुका कारण विमानस्थलमा नियमित उडान प्रभावित बनेको छ ।