रूपन्देही । लुम्बिनी प्रदेश योजना आयोगले तयार पारेको दोस्रो आवधिक योजनाको मस्यौदा निर्देशक समितिले पास गरेको छ । प्रदेश योजना आयोग निर्देशक समितिको बैठकले दोस्रो आवधिक योजनाको मस्यौदा पारित गरेर विकास परिषद्मा पठाउने निर्णय गरेको हो ।
‘पन्चवर्षीय आवधिक योजना निर्माणको अन्तिम चरणमा पुगेका छौं । विकास परिषद्बाट पारित भएर मन्त्रिपरिषद् बैठकमा पेश हुने छ ।
त्यहाँबाट स्वीकृत भएपछी आवधिक योजना कार्यान्वयनमा आउनेछ’प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालले भने, ‘आवधिक योजनाले प्रदेशको समग्र विकासको आधार प्रदान गर्ने छ ।’
निर्देशक समितिको बैठकले तयार भएको आवधिक योजनाको अन्तिम दस्तावेजलाई सल्लाह सुझावलाई समेटेर विकास परिषद्मा पठाउने निर्णय गरेको प्रदेश योजना आयोगका सदस्य डा. सुदनकुमार वलीले जानकारी दिए ।
आवधिक योजनामा १५ खर्ब बराबरको लगानी पक्र्षेपण गरिएको छ । सार्वजनिक क्षेत्रको ३६ प्रतिशत, नीजि क्षेत्रको ६० प्रतिशत र सामुदायिक/सहकारीबाट ४ प्रतिशतगरी १५ खर्बको लगानीको प्रक्षेपण गरिएको भनाई सदस्य वलीको छ ।