वैखरी अनलाइन, तौलीहवा ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति कपिलवस्तुले बृहत भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ । कपिलवस्तु जिल्लाको पार्टी कार्यालय तौलीहवामा कांग्रेसले यहीँ पुस २७ गते शनिबार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो ।
सो अवसरमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री एनपि साउद त्यसैगरी नेपाली कांग्रेसका केन्द्रिय सदस्यहरु डिला सग्रौला, अब्दुल सत्तार र चम्पा खडकासहित कांग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहने नेपाली कांग्रेस जिल्ला कार्य समिति कपिलवस्तुका जिल्ला सचिव खोम बहादुर सिंह ठकुरी ‘शक्ति’ ले जानकारी दिए ।
उनीहरु यात्रा लम्बिनि प्रदेशको कार्यक्रमलाई सफल पार्न कपिलवस्तु आउन लागको सचिव ठकुरीले बताए ।
कार्यक्रम यही पुस २७ गते शनिबार बिहान साढे ११ बजेबाट हुने बताइएको छ ।
सो कार्यक्रमलाई भब्य रुपमा सफल पार्नका लागी जिल्ला भित्रका रहेका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमिति, क्षेत्रीय र नगर समितिका सम्पुर्ण पदाधिकारी तथा सदस्यहरु र कांग्रेसका जिल्ला नेता तथा कार्यकर्ताहरुलाई सहभागी हुन नेपाली कांग्रेस जिल्ला कार्य समितिका सभापति अब्दुल कलामले आग्रह गरेका छन ।








