गृहपृष्ठ Featured लुम्बिनीका मुख्यमन्त्री आचार्य भन्छन्- ‘मुस्लिम समुदायका अधिकारलाई प्राथमिकतामा राखेका छौं’

लुम्बिनीका मुख्यमन्त्री आचार्य भन्छन्- ‘मुस्लिम समुदायका अधिकारलाई प्राथमिकतामा राखेका छौं’

प्रकाशित मिति:

रूपन्देही ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुस्लिम समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक सशक्तिकरणलाई प्रदेश सरकारको प्राथमिकतामा राखिएको बताएका छन् ।

मुख्यमन्त्री आचार्यले बिहीबार दाङको लमहीमा मुस्लिम आयोगद्वारा आयोजित मुस्लिम समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका विविध विषयमा सशक्तिकरण तथा क्षमता विकाससम्बन्धी कार्यक्रम उद्घाटन गर्दै प्रदेश सरकारले समुदायलाई सशक्तिकरण र जागरणका लागि आवश्यक सहयोग गर्ने बताए ।

‘मुस्लिम समुदायका बालबालिका अझै पनि शिक्षाबाट टाढा छन्। प्रदेश सरकारले उच्च शिक्षामा किशोरीहरूलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराएको छ, तर यसलाई लिने किशोरीहरूको संख्या निकै कम छ’, मुख्यमन्त्री आचार्यले भने । ‘समुदायका अगुवाहरूले समाज परिवर्तन र जागरणमा अग्रसर हुन जरुरी छ ।’

सम्बन्धित् समाचार