गृहपृष्ठ Featured अदालतबाट धरौटी रकम बुझाएर निस्किए रवि

अदालतबाट धरौटी रकम बुझाएर निस्किए रवि

प्रकाशित मिति:

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कास्की जिल्ला अदालतमा धरौटी बुझाएर निस्किएका छन् ।

न्यायाधीश नीतिज राईको एकल इजलासले रविसहित सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादीलाई बिहीबार धरौटीमा छाड्न आदेश दिएको थियो ।

सो आदेशलगत्तै उनले बैंक ग्यारेन्टीमार्फत् ६५ लाख धरौटी बुझाएर अदालतबाट निस्किएका हुन् ।

प्रहरीका अनुसार उनलाई आजै मेडिकल जाँच गराएर छाड्ने तयारी छ ।

रविले भोलि काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थिति हुने प्रहरीलाई बताएका छन् ।

सम्बन्धित् समाचार