गृहपृष्ठ Featured दुई वटा गाडी एकआपसमा ठोक्किदाँ २ जनाको मृत्यु

दुई वटा गाडी एकआपसमा ठोक्किदाँ २ जनाको मृत्यु

प्रकाशित मिति:

मकवानपुरमा दुई वटा गाडी ठोक्किएर भएको दुर्घटनामा परी घाइते भएका एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालका अनुसार दुर्घटनामा परी घाइते भएकी चितवन राप्ति नगरपालिका-२ गड्यौलीकी ५० वर्षीया सुनिता श्रेष्ठको मृत्यु भएको हो।

कारमा सवार रहेकी उनी घाइते भएपछि उपचारका लागि नँया मेडिकल कलेज भरतपुर लगिएकोमा साँझ पौने ६ बजे उपचारकै क्रममा मृत्यु भएको डिएसपी अर्यालले बताए।

शनिबार दिउँसो मकवानपुरको मनहरी गाउँपालिका-६ स्थित पूर्वपश्चिम राजमार्ग सडकमा वीरगन्जबाट चितवन जाँदै गरेको बागमती प्रदेश ०१-०२६ च ५२५० नम्बरको स्कारपियो गाडी र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा १६ च ८३२४ नम्बरको कार ठोक्किएर दुर्घटना भएको थियो।

दुर्घटनामा परी कार चालक  मकवानपुर हेटौंडा उपमहानगरपालिका-४ स्कुलरोड बस्ने ६० वर्षीय सुरेन्द्र श्रेष्ठको मृत्यु भएको थियो।

कारमा चालकसहित ४ जना र स्कारपियो गाडीमा १० जना सवार थिए।

सम्बन्धित् समाचार