गृहपृष्ठ Featured पश्चिम नवलपरासीमा शिक्षिकाको कुटाइबाट यूकेजीमा पढ्ने विद्यार्थीको आँखा फुट्यो

पश्चिम नवलपरासीमा शिक्षिकाको कुटाइबाट यूकेजीमा पढ्ने विद्यार्थीको आँखा फुट्यो

प्रकाशित मिति:

पश्चिम नवलपरासी ।

पश्चिम नवलपरासीको प्रतापपुरमा शिक्षिकाको कुटाइबाट यूकेजीमा पढ्ने एक विद्यार्थीको आँखा फुटेको छ ।

प्रतापपुर गाउँपालिका–१ मा रहेको एच पाठशालाकी शिक्षिका सन्जु चौधरीले लठ्ठीले हान्दा यूकेजीमा पढ्ने ६ वर्षीय प्रशान्त चौधरीको बायाँ आँखा फुटेको हो ।

यो घटना गत मंसिर १८ गतेको भए पनि प्रहरीमा ढिलोमात्रै उजुरी परेपछि सार्वजनिक भएको हो । पुस १९ गते मात्र प्रहरीले शिक्षिकाविरुद्ध अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।

अहिले ती शिक्षिका फरार रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार