गृहपृष्ठ Featured राप्रपा कपिलवस्तुले मनायो ३०३औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

राप्रपा कपिलवस्तुले मनायो ३०३औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

वैखरी अनलाईन, बाणगंगा ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा कपिलवस्तुले ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । राप्रपाले तौलिहवास्थित कपिलबस्तुको नगरपालिकाको सभाहलमा बिचार गोष्ठी तथा चियापान कार्यक्रम गरि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको हो ।

राप्रपाका जिल्ला सचिव प्रेम शकर शुक्लाको संचालनमा सम्पन्न उक्त कार्यक्रम राप्रपा कपिलवस्तुका कार्यवाहक अध्यक्ष ईदिर्स मुसलमानको अध्यक्षता, राप्रपाका केन्द्रिय सदस्य ध्रुब रायमाझीको प्रमुख अतिथ्यता रहेको थियो । केन्द्रिय सदस्य रायमाझीले नेपाली पैसामा पृथ्वी नारायणको फोटो राख्नुपर्ने बताए ।

सरकारले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा विदा समेत दिने भएकाले सबैले यस दिनलाई राष्ट्रिय पर्वको रुपमा लिनुपर्ने उनको भनाई छ । स–साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म ल्याउन पृथ्वीनारायण शाहको अतुल्नीय भूमिका रहेको भन्दै उनले शाहले पु¥याएको योगदानलाई सबैले पनि बिर्सन नहुने बताए ।

कार्यक्रममा विश्व हिन्दु परिषद अध्यक्ष लगायतको विभिन्न संघसंस्थाका प्रतिनिधि रहेको उक्त बिचार गोष्ठी कार्यक्रमलाई केन्दिय सदस्य पुष्पा रजौरिया, प्रमोद मिश्र, केन्दिय सल्लाहकार तथा पुर्व जिल्ला विकाश समितिका सभापति कृष्ण बहादुर चौधरी, लुम्बिनी प्रदेश सदस्य दिपक रजौरिया, देवेन्द्र श्रीवास्ताव लगायतले पृथ्वी नारायण शाहका विभिन्न आयामबारे प्रकाश पारेका थिए । कार्यक्रममा साहित्यकार पशुपतिमणी त्रिपाठी, श्याम प्रकाश श्रीवास्तावले गजल वाचन गरेका थिए ।

उक्त कार्यक्रममा राप्रपाका जिल्ला उपाध्यक्ष चन्द्र भन्डारीको स्वागत मन्तव्य रहेको थियो । कार्यक्रममा सहभागीहरुले पृथ्वीनारायण शाहको तस्बिरमा अविरसहित पुष्पगुच्छा अर्पण गरेका थिए ।

सम्बन्धित् समाचार