वैखरी अनलाईन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका- २ बड्हरा पुल नजिकै ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।
सोमबार विहान ट्रकको ठक्करबाट बा लु ९१ प ३१३४ नम्बरको मोटरसाईकल चालक बुद्धभुमी नगरपालिका २ गोरुसिगेंका २० बर्षीय अर्जनु थारुको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ ।
प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएर थप अनुधसन्धान अघि बढाएको छ ।