गृहपृष्ठ कपिलवस्तु बिशेष छैठौ बाणगंगा नगरस्तरिय माघी ‘खिचडी’ महोत्सव माघ २ गतेदेखि ४ गतेसम्म

छैठौ बाणगंगा नगरस्तरिय माघी ‘खिचडी’ महोत्सव माघ २ गतेदेखि ४ गतेसम्म

प्रकाशित मिति:

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुको बाणगंगा नगरपालिका– ११ देउवापारमा छैठौ नगरस्तरिय माघी ‘खिचडी’ महोत्सव हुने भएको छ । उक्त माघी महोत्सव थारु कल्याणकारिणी सभा बाणगंगा नगर कार्यसमितिको आयोजनामा हुन लागेको सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको हो ।

माघी महोत्सव माघ २ गतेदेखि ४ गतेसम्म ३ दिन संचालन हुने आयोजक संस्थाका अध्यक्ष नाथुराम थारुले जानकारी दिए ।

उनले थारु संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यसहित माघी महोत्सव गर्न लागिएको बताए । थारुहरुको सिप, कलासंग जाडिएका सामग्री तथा थारु खानाका परिकारको समेत माघी महोत्सवले उजागर गरि प्रबद्र्धन र बजारीकरणमा सहयोग गर्ने उनको विश्वास छ । उनले माघी महोत्सव थारुको वास्तवित पहिचान झल्काउन महत्वपुर्ण सावित हुने दाबी गरे ।

उनले महोत्सवमा थारु साँस्कृतिसहितको झाँकी ¥याली प्रदर्शन, साँस्कृतिक प्रस्तुति, थारु खानपिन प्रदर्शनी एवं बिक्री, थारु सीप हस्तकला प्रदर्शन लगायतका विभिन्न कार्यक्रमहरू रहेको बताए । महोत्सवमा थारु संस्कृति झल्कने झुमरा, झर्रा, लाठी नाच, मयूर नाच, सजनी विरहनी गित, रेकर्ड डान्स समेत हुने उनले जानकारी दिए ।

उनले यस बर्ष मूलतः थारु कला, भाषा तथा साँस्कृतिको जर्गेना गर्ने उद्देश्यसहित मावि स्तरिय वक्तृत्वकला प्रतियोगिता हुने जानकारी दिए । उनले माघी महोत्सवलाई भव्य रुपमा सफल बनाउन सबैको साथ सहयोग मिल्ने विश्वास व्यक्त गदै भने, ‘नगरपालिका, वडासंगै अन्य सरोकारवाला सबै निकायको साथ मिलेको छ ।’

थारु कल्याणकारिणी सभाका केन्द्रिय सदस्य उमाशंकर चौधरीले थारुहरुको हक, अधिकारी तथा न्यायसंग माघि महोत्सव जोडिएको बताए । थारुहरुले माघि महोत्सवलाई नयाँ बर्षको रुपमा मनाउँदै आएको बताउँदै उनले भने, ‘बाणगंगा थारु बाहुल्यता भएको क्षेत्र भएकाले यहाँ माघीको विशेष महत्व छ । थारु सम्बत २६४७ लाई विदा गरेर २६४८ लाई स्वागत गर्दैछौं ।’

महोत्सवमा थारु समुदायका जेष्ठ नागरिकलाई सम्मान तथा रक्तदान कार्यक्रम समेत हुने थारु कल्याणकारिणी सभा कपिलवस्तुका सचिव सन्तराम थारुले जानकारी दिए । हराउँदै गएको थारु जातीको मौलिकपनलाई संरक्षण गर्न यस महोत्सवले अहम भूमिका निर्वाह गर्ने उनको भनाई छ ।

नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाल, पूर्वउपाध्यक्ष पार्वती पाण्डे लगायतले माघी महोत्सवले यस क्षेत्रका थारुहरु वस्तीहरुमा रौनकता छाउनुका साथै पर्यटन विकासलाई समेत टेवा पुग्ने बताएका थिए ।

विशेषगरी थारु समुदायको नयाँ वर्ष र ठूलो पर्व भएका कारण उत्साह र उमंगले माघी मनाउँदै आएका छन् । सरकारले माघीको अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ ।

सम्बन्धित् समाचार