नविन भुसाल, बाणगंगा ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा रहेको श्रीङ्गीघाट सामुदायिक बन उपभोक्ता समुहले ११ हजार ५ सय फलफुलका बोट बिरुवा बितरण गरेको छ ।
बाणगंगा नगरपालिका वडा नः १,३,४ र ५ मा रहेको श्रीङ्गीघाट सामुदायिक बनले बनका उपभोक्ताहरुलाई फलफुलका बोट बिरुवा बितरण गरेको हो ।

आफनो कार्य क्षेत्रभित्र पर्ने १४ मौजाका उपभोक्तालाई विभिन्न प्रजातीका फलफुलका बोट बिरुवा बितरण गरेको श्रीङ्गीघाट सामुदायिक बनकी कोषाध्यक्ष बिना राना बुढाथोकीले जानकारी दिइन ।
अमरपाली आप २ हजार, दशहरी आप २ हजार, शाही लिचि २ हजार, अल्मी कटहर १८५०, बेलौती, १८५० र सुन कागतीका १८५० फलफुलका बोट बिरुवा उपभोक्तालाई बिहिबारबाट बितरण गर्न लागेको सचिव सुष्मा खाण (कमला सेन)ले जानकारी दिइन । साथै सचिव खाणले टेक्टर मार्फत हरेक मौजामा बिरुवा पठाइएको र केही दिनभित्र सबै उपभोक्ताले पाउने गरी उपसमिति मार्फत बितरण हुने समेत बताइन ।

उपभोक्ताको माग बमोजिम फलफुलका बोट बिरुवा बितरण गरिएको बताउदै यसले वातावरणमा हरीयालीसगैँ समाजको सुन्दरतामा समेत टेवा पुग्ने बिश्वास रहेको श्रीङ्गीघाट सामुदायिक बनका अध्यक्ष सुशिल सिंह ठकुरीले बताए । साथै अध्यक्ष ठकुरीले उपभोक्ताको माग र चाहाना अनुसार यस बनले सामाजिक बिकासका गतिविधिलाई तिव्रता दिने समेत बताए ।
साथै जाडोयाम चली रहेकाबिचमा आफना उपभोक्तालाइ राहात प्रदान गर्न बनले गाउ टोल तथा चोकहरुमा दाउरा समेत बितरण गरेको छ ।








