भैरहवा, ४ माघ ।
लुम्बिनी प्रदेश सभाको पाँचौं अधिवेशनको तेस्रो बैठक यही माघ ६ गते आइतबार बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले बिहीबार सूचना जारी गर्दै आइतबार दिउँसो १ बजे बैठक बस्ने जानकारी दिए ।
आइतबार बस्ने तेस्रो बैठकमा प्रदेश सरकारको पुस ६ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत भइ कार्यान्वयनमा रहेको लैंगिक समानता नीति–२०८१ को बारेमा जानकारी दिइनेछ ।
त्यस्तै दोस्रो बैठकमा छलफलका लागि पेश भएको प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको प्रदेश सभा सचिव पुन मगरले बताए।