काठमाडौं – भारतीय योग गुरु तथा पतञ्जली योग पीठका संस्थापक रामदेव र आचार्य बालकृष्णविरूद्ध पक्राउ पूर्जी जारी भएको छ।
केरला औषधी नियन्त्रण विभागले रामदेव र आचार्य बालकृष्णविरूद्ध औषधी ऐन आकर्षिक गर्दै पक्राउ पूर्जी जारी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
केरला औषधी नियन्त्रण विभागले दायर गरेको यो मुद्दामा औषधी र जादुमय उपचार (अपत्तिजनक विज्ञापन) ऐन, १९५४ उल्लङ्घन गरेको आरोप लगाइएको छ।
यो ऐनले औषधीको चामत्कारिक लाभ वा उपचारसम्बन्धी भ्रामक दाबी प्रतिबन्ध आकर्षित गर्छ।
पतञ्जली आयुर्वेदका मुख्य अनुहारका रूपमा बाबा रामदेव र बालकृष्णको उत्पादन प्रचारमा जिम्मेवारीको विषयलाई यो मुद्दाले थप गम्भीर बनाएको छ।
यस कानुनी प्रक्रिया र मुद्दाको परिणामले स्वास्थ्य सम्बन्धी उत्पादनहरूको प्रचारमा निगरानी र कार्यान्वयनलाई कडा बनाउने सम्भावना छ।