वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका- ७ वनगाईमा घर अगाडि पार्किङ्ग गरि राखिएको मोटरसाईकल चोरी भएको छ । स्थानीय मनोज गिरीको शुक्रबार राति करिब साढे ११ बजे घरबाटै पल्सर मोटरसाईकल चोरी भएको हो ।
रातो रंगको लु७८प ९५३७ नम्बरको २२० सिसिको पल्सर मोटरसाईकल चोरी भएको जनाईएको छ ।
मोटरसाईकल हराएको भन्दै ईलाका प्रहरी कार्यालय पिपरामा निवेदन परेको र खोजी कार्य सुरु भईसकेको प्रहरीले जनाएको छ ।








