वैखरी अनलाइन, बुद्धभुमी ।
कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिका वडा नम्बर १ बिरपुरमा नव दिवशीय नव ग्रह अनुष्ठान तथा श्रीमदभागवत धनधन्याचल ज्ञान यज्ञ हुने भएको छ । बुद्धभुमी नगरपालिकाको वडा नम्बर १ बिरपुरमा रहेको शनिधाममा यही माघ २१ गतेदेखि २९ गतेसम्म नव दिवशीय नव ग्रह अनुष्ठान तथा ज्ञान यज्ञ हुने भएको हो ।
सो अवसरमा नवग्रह कटाउन चाहाने ब्यक्तिले कुनै दोष लागेको मानेमा त्यसलाई कटाउन सक्ने शनिदेव धामका प्रमुख संरक्षक एवम पिठादिस बाबा योगीराजले जानकारी दिनु भयो ।
नेपालमै पहिलो पटक नव दिवशीय नव ग्रह अनुष्ठान तथा ज्ञान यज्ञको आयोजना बुद्धभुमी १ बिरपुरमा हुन लागेको जानकारी गराउदैँ उहाले यस मौकाको फाइदा लिन इच्छुक महानुभावलाई बाबा योगीराजले आग्रह समेत गर्नु भएको छ ।
२१ जना पण्डीत रहने सो नव दिवशीय नव ग्रह अनुष्ठान तथा ज्ञान यज्ञमा ग्रह कटाउनाले जिवनमा आइ परेका समस्या हटनुका साथै भावी समयमा आटेका काम समेत पुग्ने बिश्वास रहेको बुद्धभुमी नगरपालिका वडा नम्बर १ का अध्यक्ष तेज बहादुर बस्नेत तिलकले बताउनु भयो ।
सो अवसरमा यज्ञ समुदघाटन, सुर्य मन्दिर शिलान्यास, महासंकल्प एवम हवन, श्रीमदभागवत पाठपारायण एवम कथा प्रवचन, भजन कृतन जस्ता कार्यक्रम समेत राखीएकाले सहभागी हुन यज्ञका संमक्षक बुद्धभुमी नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठले समेत सबैमा आग्रह गर्नु भएको छ ।