गृहपृष्ठ Featured अब देवदहदेखि लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन

अब देवदहदेखि लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन

प्रकाशित मिति:

लुम्बिनी विकास कोषले लुम्बिनीमा रहेका विद्युतीय बसलाई  देवदहदेखि लुम्बिनीसम्म  सञ्चालन गर्ने भएको छ । गत पुस ४ गतेदेखि लुम्बिनीमा सञ्चालन सुरु गरिएको बिजुली बसलाई बृहत्तर लुम्बिनी क्षेत्रका तीर्थयात्रुको सेवालाई मध्यनजर गरी सोमबारदेखि देवदहबाट सञ्चालन गरिने भएको हो ।

देवदह शीतलनगरबाट मणिग्राम-भैरहवा-बेलहिया-एयरपोर्ट हुँदै बुद्ध जन्मस्थल लुम्बिनीसम्म सिधा बिजुली बस सञ्चालन गर्न लागिएको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताए । उनका अनुसार हप्ताको ३ दिन देवदह र ३ दिन बुद्धको अस्तधातु रहेको रामग्रामबाट बिजुली बस सञ्चालन गर्ने गरी नयाँ रुट बनाइएको छ ।

पुरातात्त्विक धार्मिक क्षेत्रको स्थानीय पालिका, सामुदायिक सङ्गठन र संस्थाहरूसँग मिलेर कोषको नीति स्थानीयसँग लुम्बिनी कार्यक्रम अवधारणालाई व्यवहारमा उतार्ने उनले प्रतिबद्धता जनाए । लुम्बिनी विकास कोषले कानुनी उल्झनका कारण सञ्चालन गर्न नसकेका ५ वटा मध्ये २ वटा बस धम्मयात्रा लेखेर परीक्षण स्वरूप सञ्चालन गरिएको हो ।

सम्बन्धित् समाचार