गृहपृष्ठ Featured युवकलाई निर्घात कुटपिट गर्ने प्रहरीमाथि अघि बढ्यो कारबाही प्रक्रिया

युवकलाई निर्घात कुटपिट गर्ने प्रहरीमाथि अघि बढ्यो कारबाही प्रक्रिया

प्रकाशित मिति:

काठमाण्डाै ।

चितवनको भरतपुरमा युवकलाई निर्घात कुटपिट गर्ने प्रहरीमाथि कारबाही प्रक्रिया अघि बढेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

भरतपुर महानगरपालिका–११ बसेनी चोकमा रातको समयमा गस्ती गर्ने क्रममा प्रहरीले एक युवकमाथि कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । भिडियो पावर देखाएको भन्दै प्रहरीले युवकलाई कुटपिट गरेको देख्न सकिन्छ । भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा प्रहरीको सर्वत्र आलोचना भइरहेको छ ।

यस घटनालाई लिएर जिल्ला प्रहरी कार्यालय चितवनले छानबिन समिति गठन गरी ती प्रहरीमाथि विभागीय कारबाही प्रक्रिया अघि बढिसकेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

 

सम्बन्धित् समाचार