गृहपृष्ठ Featured पिपराका प्रहरी निरीक्षक जिसी पौष महिनाको ‘उत्कृष्ट’ प्रहरी घोषित

पिपराका प्रहरी निरीक्षक जिसी पौष महिनाको ‘उत्कृष्ट’ प्रहरी घोषित

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

इलाका प्रहरी कार्यालय पिपराका प्रमुख लोकेन्द्र जिसीलाई उत्कृष्ट प्रहरी घोषणा गरिएको छ ।

कार्य सम्पादनको आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जिसीलाई पौष महिनाको उत्कृष्ट प्रहरीको अवार्डले सम्मान गरेको हो ।

जिसीलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक निरनजनदत्त भट्टले ‘उत्कृष्ट प्रहरी’ अवार्डले पुरस्कृत गरेका हुन् ।

प्रहरी निरिक्षक जिसीले अपराध नियन्त्रण, लागुऔषध कारोबार नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न उल्लेख्य भूमिका खेल्दै आएका छन् ।

प्रहरी निरीक्षक जिसीले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा व्यावसायिकताका साथ कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य सम्पादन गरेको हुँदा पौष महिनाको उत्कृष्ट प्रहरीको अवार्ड प्रदान गरिएको जनाईएको छ ।

सम्बन्धित् समाचार