गृहपृष्ठ Featured दाङमा घरको छतबाट खसेर एकको मृत्यु

दाङमा घरको छतबाट खसेर एकको मृत्यु

प्रकाशित मिति:

दाङ । 

तुलसीपुरमा घरको छतबाट खसेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–७ का २७ वर्षीय सन्तोष चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोदराज खत्रीले जानकारी दिए ।

तुलसीपुर–४ बनहरीस्थित सुभान पुनको घर बनाउने क्रममा सोमबार बेलुका दुईतला माथीबाट खसेर चौधरी गम्भीर घाइते भएका थिए । चौधरीको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार